झरीले छेकेन देवघाटलाई – फोटो फिचर

चितवन – पवित्र तीर्थस्थल देवघाट धाममा साउने सोमवारमा स्नान गर्ने दर्शनार्थीको भिड लाग्यो ।
बिहानेदेखि झरी परे पनि धार्मिक महिमाले भरिएको देवघाट जान दर्शनार्थीलाई झरीले छेक्न सकेन । छाता ओढेर दर्शन गरेर फर्किए । देवघाटको पवित्र जल र बेलपत्रले शिवको पूजा आराधना गरे मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।
हिन्दु धर्म अनुसार विष्णु भगवानको साक्षात् रूप मानिने शालिग्राम पाइने दामोदर कुण्डबाट बग्दै आएको काली गण्डकी नदी र गोसाईंकुण्डबाट प्रवाहित हुने त्रिशूली नदीको सङ्गम स्थल देवघाट धाममा स्नान गरे पाप मोक्ष हुने विश्वास छ ।











प्रतिक्रिया राख्नुहोस्