प्रहरी उपरीक्षक गाैतम मिश्र मधेश प्रदेशकै उत्कृष्ट प्रहरी उपरीक्षक

पर्सा – मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरद्वारा आयोजित कार्यसम्पादन सम्झौता मूल्यांकनमा पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्र मधेश प्रदेशकै सर्वोत्कृष्ट  घोषित हुनु भएको छ ।

गत आर्थिक बर्षमा ९०.१९ प्रतिशत अंक प्राप्त गर्दै पर्सा जिल्ला प्रहरी कार्यालय मधेश प्रदेश कै प्रथम प्रहरी कार्यालय बनेसँगै मिश्र प्रदेशकै सर्वोत्कृष्ट प्रहरी जिल्ला नेतृत्व घोषित हुनु भएको हो ।

प्रहरी उपरीक्षक मिश्रको नेतृत्वमा प्रहरी गत आर्थिक बर्षमा  करिब ६० करोड रुपैयाँ बराबरका पर्साले चोरी तस्करीको सामान नियन्त्रण गरेको छ भने फरार रहेका १ हजार ५ सय ११ जना प्रतिवादी पक्राउ गरी फैसला कार्यान्वयनमा उल्लेख्य सफलता हासिल गरेको छ ।

लागुऔषध नियन्त्रण र मानव बेचबिखन विरुद्धको कारबाहीमा पनि पर्सा प्रहरीले उत्कृष्ट काम गरेको छ ।

मिश्रको नेतृत्वमा पर्सामा प्रहरी कार्यालयको भौतिक संरचना सुधारसँगै धार्मिक तथा सांस्कृतिक पर्वहरूमा शान्ति सुरक्षा कायम गर्न महत्वपूर्ण भूमिका निभाएको मुल्याङकले देखाएको छ ।

२०७७ देखि सुरु भएको कार्यसम्पादन सम्झौता मूल्यांकनमा पर्सा जिल्ला प्रहरी कार्यालयले पहिलो पटक सर्वोत्कृष्ट घोषित  भएको हो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.