बेपत्ता भएका १६ जनाको विवरण सार्वजनिक (नामावलीसहित)

सिन्धुली- सिन्धुलीको गोलञ्जोर-६ बाट बेपत्ता भएकाहरुको खोजी कार्य जारी छ।

उनीहरुको मोबाइल ‘ट्रयाकिङ’ गर्ने काम भइरहेको स्थानीय प्रशासनले जनाएको छ। प्रहरी र सशस्त्र प्रहरीको टोली खोजी कार्यमा जुटेको छ।

यसैबीच, जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बेपत्ता भएकाहरुको नाम सार्वजनिक गरेको छ।

वेपत्ताहरुको नामावली यसप्रकार छ :

१) बर्ष ५२ की उर्मिला हायु (आमा)

२) बर्ष २७ की कमला हायु (छोरी)

३) बर्ष २३ की कोमल माया हायु (बुहारी)

४) बर्ष २२ की उषा हायु (छोरी)

५) बर्ष १९ की सुजता हायु (छोरी)

६) बर्ष १८ की अस्मिता हायु (छोरी)

७) बर्ष १२ की सान्ता हायु (छोरी)

८) बर्ष २९ को राजु हायु (छोरा)

९) बर्ष २४ को हिमाल हायु (छोरा)

१०)बर्ष १६ को लाल बहादुर हायु ( छोरा)

११) बर्ष १४ को बेग बहादुर हायु ( छोरा)

१२) बर्ष ११ को लक्की हायु (छोरा)

१३) बर्ष १२ को सुवर्ण हायु (छोरा)

१४) बर्ष १० की ओम कुमारी हायु (छोरी)

१५) बर्ष १ को अर्जुन हायु (नाती)

१६) बर्ष ४ की रियासा हायु ( नातिनी )

गत शुक्रवारदेखि छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने स्थानमा बसोबास गर्ने उर्मिला हायुको १६ जनाको परिवारै सम्पर्क विहीन भएको र अहिलेसम्म कुनै जानकारी प्राप्त नभएको सिन्धुलीका प्रमुख जिल्लाअधिकारी दिनेश सागर भुसालले नेपालटिभीअनलाई जानकारी दिनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.