सिन्धुलीबाट हराएका हायु परिवारका सबै १६ जना पोखरामा फेला परे

काठमाडौँ- सिन्धुलीको गोलञ्जोर-६ बाट हराएका एकै परिवारका १६ जना फेला परेका छन ।
उनीहरु पोखरा-३० स्थित सोमनाथ पौडेल र सोही स्थानका चन्द्र भण्डारीको घरमा फेला परेका हुन ।
१६ जना मध्ये १२ जना पौडेलको घरमा र ४ जना भण्डारीको घरमा फेला पारिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले प्रेस विज्ञप्तीमार्फत जानकारी गराएको छ ।
कास्कीका सहायक सिडिओले उनीहरु फेला परेको जानकारी दिएको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी दिनेस सागर भुसासले पुष्टि गर्नुभएको छ ।।







प्रतिक्रिया राख्नुहोस्