बाघ संरक्षणको उपलब्धि बारे चितवनमा बहस

चितवन – मानव अस्थित्व कायम गरेर बाघ संरक्षणको लागि गरिएको प्रयास लाई थप प्रभावकारी बनाउन संरक्षणकर्मी सहमत भएका छन् ।
मानव र बाघबिच सह अस्थित्व कायम गर्न बाघ विशेष कार्यक्रमको सञ्चालनको आवश्यकता बारे बहस गरिएको छ ।
चितवन राष्ट्रिय निकुञ्जले विश्व बाघ दिवसको सन्दर्भमा आयोजना गरेको कार्यक्रममा मानव बाघको द्वन्द्व न्यूनीकरणमा जोड दिएर बाघ संरक्षणमा एक्यबद्द्ता जनाएका छन् ।
समुदाय , सरकारी तथा गैरसरकारी निकायमा सरोकारवालाले बाघको विचरण र द्वन्द्वको अवस्था बारे बहस गरिएको छ ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा गणेश पन्तले बाघ संरक्षणमा सह अस्थित्व स्वीकार गरेर संरक्षणमा सहकार्य गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचिव डा राजेन्द्र प्रसाद मिश्र , चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका निमित्त महानिर्देशक हरिभद्र आचार्य लगायत सहभागी हुनुहुन्छ ।
बाघको संरक्षणको विषयमा जनप्रतिनिधि, पर्यटन व्यवसायी र संरक्षणकर्मीहरु सहकार्यका लागी एकमत भएका छन् ।






प्रतिक्रिया राख्नुहोस्