स्याङ्जाका गाउँघरमा जनै बाट्ने चलन हराउँदै

स्याङ्जा-  साउन शुक्ल पूर्णिमाका दिन चूडा कर्म गरेका तागाधारीले मन्त्र गरिएको नयाँ जनै फर्ने तथा तराई क्षेत्रमा दिदीबहिनीले दाजुभाइलाई ‘राखी’ बाँध्ने विशेष पर्वलाई जनै पूर्णिमा अर्थात् रक्षा बन्धन भनिन्छ । जनैको छ शिखालाई ज्ञान, कर्म र उपासना तथा ब्रह्मा, विष्णु, महेश्वरको प्रतीक मानिने जनै पछिल्लो समय बजारमा सहजै पाउन थालेपछि गाउँघरमा बनाउने चलन हराउँदै गएको हो ।

जनै हिन्दु पुरुषले धारण गर्ने पवित्र अभिमन्त्रित धागो हो । यसलाई व्रतबन्ध गरेका ब्राह्मण र क्षेत्रीय पुरुषले आयु, तेज, शौर्य, बल, बुद्धि र समृद्धि प्राप्तिका लागी धारण गरिने विश्वास रहेको छ । यमलाई यमुनाले डोरो बाँधिदिएर यमराजको रक्षा गरेको सन्दर्भमा तराई क्षेत्रमा दिदीबहिनीले दाजुभाइलाई नाडीमा राखी बाँधिदिने चलन पनि छ । स्नान गरेर पवित्र भई पूजा आराधना गरी मन्त्र जप गरेर जनै फेरिन्छ । तर महिलाहरूले भने डोरो बाँध्ने चलन रहेको छ । यस्तो पवित्र पर्वलाई कम महत्त्व दिँदै विधिपूर्वक निर्माण गरी जनै बनाउनका लागि भने स्याङ्जाका केही स्थानीयले आफ्नै हातबाट बनेका जनै बनाउने काममा व्यस्त भएका हुन् ।

येन बद्धो बलिराजा दानवेन्द्रो महाबलः। तेन त्वां प्रतिबध्नामी रक्षेमा चलमा चल ।। भन्ने संस्कृतको मन्त्र पढ्दै जनै या राखी बाँध्ने चलन रहेको छ । बजारमा बिक्रीका लागी राखिएको काँचो धागोबाट कतुवाको भरमा जनै बाट्ने, तेब्राउने र शिखा पारेर बिधिवत रूपमा वैदिक मन्त्रले शुद्ध बनाइन्छ । मेसिनले बनाएको भन्दा हातले घरैमा वैदिक विधिबाट बनाएको जनै आफ्नै हातले बनाएको उत्तम हुने गुरु ऋषि न्यौपानेले बताउनुभयो ।

गाउँमा जनै बाट्ने चलन हराउँदै जानु बजारको जनै किन्न आकर्षित हुनु, नयाँ पुस्ताले चासो नदिनु जस्ता कुराले कतै संस्कृति नै हराउने त होइन भन्ने चिन्ता समेत बढ्न थालेको  छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.