गोरखामा लागू ओेषधि सहित एक पुरुष पक्राउ

गोरखा  – गोरखा प्रहरीले लागु औषध सहित चितवनका १ जना पुरुषलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवन जिल्ला, ईच्छाकामना गाउँपालिका–६ जलबिरे घर भएका २९ वर्षका नवीन गुरुङ भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी ध्रुव प्रसाद शर्माले जानकारी दिनुभयो ।

गुरुङलाई आइतबार बिहान ९ः४५ बजेको समयमा गोरखा नगरपालिका–१३ को मझुवा देउरालीबाट पक्राउ गरिएको हो ।

गोरखा बजारबाट आँबुखैरेनी तर्फ जाँदै गरेको अवस्थामा ना. ३३ प ९०२१ नम्बरको स्कुटरलाई रोकी चेक जाँच गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय गोरखा र प्रहरी चौकी मझुवा देउरालीको संयुक्त प्रहरी टोलीले गुरुङलाई पक्राउ गरेको सूचना अधिकारी शर्माले बताए ।

गुरुङले स्कुटरमा लिएर हिँडेको अवस्थामा ट्रामाडोल नामक लागु औषध ३४ पत्ता (३४० क्याप्सुल) फेला परेको पनि सूचना अधिकारी शर्माले जानकारी दिनुभयो ।

पक्राउ परेका गुरुङ विरुद्ध लागु औषध शीर्षकमा मुद्दा दर्ता गरिएको छ । उनलाई गोरखा जिल्ला अदालत ७ दिनको म्याद लिएर थप अनुसन्धान सुरु गरिएको पनि उहाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.