चनौटे–साहुगाउं सडक कालोपत्रे

नुवाकोट-  नुवाकोटको विदुर नगरपालिका ७ तुप्चेमा सडक पुनर्निर्माण तथा कालोपत्रे गरिएको छ । यस वाट आवतजावतमा सुविधा पुगेको छ ।

चनौटे– चौलाने – गहते – साहुगाउ सडकको आस्फाल्ट कालोपत्रे गरिएको हो । विदुर नपाको  आव २०८१÷०८२ को समपूरक योजना अन्त्रगतको बजेट रकम एक करोड एक लाख र बागमती प्रदेश सरकारको एक करोड  गरी कुला २ करोड १ लाखको बजेटमध्ये एक करोड ७४ लाख रुपैयाँको टेन्डरमा  सम्झौता भए अनुसार सडक कालोपत्रे भएको वडाध्यक्ष रवीन्द्र नेपालले जानकारी दिनुभयो ।

उहाँका अनुसार यस वाट नुवाकोटको तुप्चेवासीलाई सडकमा आवतजावत गर्न सुविधा पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.