बागमती प्रदेश :कांग्रेस संसदीय दलका नेता लामा पराजित

हेटौडा – बागमती प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामा (तामाङ) विरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्ताव पारित भएको छ।
मंगलबार हेटौंडामा बसेको संसदीय दलको बैठकमा भएको मत विभाजनमा लामाको पक्षमा १५ सांसदको मात्र समर्थन रहयो । अविश्वासको प्रस्तावको पक्षमा २२ साम्सदले हस्ताक्षर गरेका छ्न ।
अविश्वासको प्रस्ताव पारित भएसँगै लामा संसदीय दलको नेताबाट स्वतः पदमुक्त भएका छ्न ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संघीय सांसद राजेन्द्र केसीको समन्वयमा सहमति खोज्ने प्रयास गरिएको भए पनि सहमति जुट्न नसकेपछि मंगलबार बैठकबाट मत विभाजन गरिएको छ ।
अब नेपाली कांग्रेस बागमती संसदीय दलले नयाँ नेता चयनको प्रक्रिया सुरु हुनेछ ।
विश्वासको मतको पक्षमा समर्थन गर्ने सांसदहरु
१) ईन्द्रबहादुर बानियाँ २) शिवराज अधिकारी ३) कञ्चनचन्द्र वादे ४) दिपेन्द्र श्रेष्ठ ५) पुकार महर्जन ६) बिनु रायमाझी पौडेल ७) यमुना देवी श्रेष्ठ ८) उर्मिला नेपाल केसी ९) शान्ता ढकाल १०) प्रभात तमाङ ११) छिरीङ्ग दोर्जे लामा १२) मीना पराजुली १३) याङ्किला शेर्पा १४) मीन कृष्ण महर्जन १५) बिमल ठकुरी १६) मदुकुमार श्रेष्ठ १७) सुरजचन्द्र लामिछाने १८) सुरेश श्रेष्ठ १९) श्रीराम लामिछाने २०) सुना परियार २१) श्यामबहादुर खड्का २२) कृष्णबहादुर तामाङ
विश्वासको मतको बिपक्षमा समर्थन गर्ने सांसदहरु
१) बहादुरसिंह लामा तामाङ २) कुन्दनराज काफ्ले ३) उत्तम जोशी ४) लक्ष्मी श्रेष्ठ ५) रमेशकुमार महत ६) हरिप्रभा खड्गी ७) रामकुमार पहाडी ८) छेत्रबहादुर बम्जन ९) गिता गुरूङ १०) मसिना खड्का ११) तिर्थ लामा १२) रामकृष्ण चित्रकार १३) माया श्रेष्ठ १४) गोविन्द लम्साल १५) समिता खड्गी







प्रतिक्रिया राख्नुहोस्