नारायणी नदीको पुलबाट हामफालेर एक किशोर र एक महिला बेपत्ता

नवलपरासी- नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र चितवन जोड्ने नारायणी नदीमाथिको पुलबाट हामफालेर दुई जना बेपत्ता भएका छन् । एक जना बिहान र अर्का एकजना साँझतिर हामफालेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय गैँडाकोटकी प्रमुख प्रहरी निरीक्षक कमला नरालकाअनुसार मंगलबार साँझ ७:४५ बजेतिर करिब ४२ वर्षीया महिला पुलबाट हामफालेर बेपत्ता भएकी हुन् ।

“साँझ पुलबाट हामफालेका कारण खोजी कार्यमा कठिनाइ भएको छ”, उहाँले भन्नुभयो, “बिहान हामफालेका किशोरको अवस्था पनि हालसम्म अज्ञात छ ।”

बिहान पुलबाट हामफाल्ने किशोर गैँडाकोट–५ का १५ वर्षीय आदेश श्रेष्ठ रहेको र महिलाको भने पहिचान खुल्न नसकेको नरालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.