चितवन राष्ट्रिय निकुञ्जमा गोविन्दे हात्तीको आक्रमण, सेनाको हवाई फायरले जोगियो ज्यान

चितवन – चितवन राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि तोकिएको एम्बुस पाइन्टबाट फर्किने क्रममा नेपाली सेनाका हुद्दा,नन्दसिंह ठकुरी जङ्गली हात्तीको आक्रमणबाट घाइते भएका छन्।

बुद्धि चोक एम्बुस पाइन्टबाट बिहान करिब ६:०० बजे पेट्रोलिङ सकेर बेस फिर्ता हुने क्रममा ठकुरीलाई ‘गोबिन्द’ नामको जङ्गली हात्तीले आक्रमण गरेको थियो। उक्त समयमा सँगै रहेका सैनिकले ३ राउन्ड हवाई फायर गरेपछि हात्ती तर्सिएर भागेको थियो ।

आक्रमण बाट घाइते भएका ठकुरीलाई सौराहाबाट गएको नेपाली सेनाको टोलीले उद्धार गरी बकुलहर अस्पतालमा उपचार भइरहेको छ । नेपाली सेनाको सौराहा सेक्टर अन्तर्गतको क गुल्मका अनुसार उनको अवस्था अहिले सामान्य छ र उपचार भइरहेको छ।
चितवन राष्ट्रिय निकुञ्ज तथा नेपाली सेनाले सुरक्षा गस्तीका क्रममा यस्ता जनावरको आक्रमणमा पर्ने गरेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.