नेपाली कांग्रेस बागमती संसदीय दलको नेता चयनका लागि मतदान सुरु

मकवानपुर-  नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयनका लागि मतदान सुरु भएको छ। प्रदेशसभा भवन परिसरमा केहीबेर अगाडी बाट मतदान प्रक्रिया सुरु भएको हो ।

संसदीय दलको नेताका लागि मुख्यमन्त्री बहादुर सिंह लामा र नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ प्रतिस्पर्धामा रहनु भएको छ ।

मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु हुने र आजै परिणाम सार्वजनिक गरिने निर्वाचन संयोजक हरिकृष्ण श्रेष्ठले बताउनुभयो। यसअघि २०७९ सालमा पनि यी दुई नेताबीच संसदीय दलको नेतृत्वका लागि प्रतिस्पर्धा भएको थियो। सो प्रतिस्पर्धामा बहादुरसिंह लामा विजयी हुनुभएको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.