राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक भैरहवामा

बुटवल – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक भैरहवामा बसेको छ । काठमाडौँबाट भैरहवा आइपुगेका रास्वपाका नेता तथा सांसदहरूले सहकारी ठगी आरोपमा जिल्ला कारागारमा रहेका पार्टी सभापति रवि लामिछानेसँग आजै बिहान भेटेर छलफल गरेपछि संसदीय दलको बैठक बसेको हो ।
भिजिट भिसा प्रकरणमा पार्टीका तर्फबाट दुई महिनादेखि संसद्मा आवाज उठाउँदा पनि बेवास्ता गरिएको, संसद्मा पेस भएका विधेयकहरू अघि बढ्न नसकेको लगायतका समसामयिक राजनीतिबारे बैठकमा छलफल हुने नेताहरूले बताउनु भएको छ ।
आगामी कार्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर ३ मा उपनिर्वाचन हुन लागेकोले रास्वपाको संसदीय दलको बैठक त्यही क्षेत्रमा हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।





प्रतिक्रिया राख्नुहोस्