मानव बेचबिखन विरुद्धको जालो तोड्न प्रहरी नागरिक सहकार्य आवश्यक: प्रहरी महानिरीक्षक

चितवन – प्रहरी महानिरीक्षक दीपक थापाले मानव बेचबिखन विरुद्धको जालो तोड्न प्रहरी नागरिक सहकार्य आवश्यक रहेको बताउनु भएको छ । अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवसको अवसरमा चितवनको भरतपुरमा आयोजना गरिएको कार्यक्रममा महानिरीक्षक थापाले त्यस्तो बताउनु भएको हो ।
यौनजन्य हिंसा विरुद्धको साझा अभियान चितवनले आयोजना गरेको मानव बेचबिखनको बदलिँदो अवस्था तथा रोकथामको लागि सरोकार वालाको भूमिका विषयक उक्त अन्तरक्रिया कार्यक्रममा महानिरीक्षक थापाले प्रहरी अधिकारीहरूलाई निर्देशन दिँदै साझेदारी एप्रोचमा समुदायसँग हातेमालो गर्न निर्देशन दिनु भयो । उहाँले मानव बेचबिखनको रूप परिवर्तन गर्दै आएको यो अवस्थामा यसको रोकथाम, अनुसन्धान, उद्धार, अनुगमन, अभिलेखीकरण र समन्वय गर्दै आएको प्रहरीले समुदाय सँग मिलेर सचेतना जगाउन, कानुनी संयन्त्र सबल बनाउन र आपराधिक सञ्जाल ध्वस्त पार्न समुदायसँग सहकार्य आवश्यक रहेको बताउनु भयो ।
’ पछिल्लो समय मानव बेचबिखन सम्बन्धी अपराध बढेको भन्दा पनि सङ्घसंस्था जागरूक भएको कारण प्रहरीमा उजुरी हाल्ने सङ्ख्या बढेको उहाँको भनाई थियो ।
कार्यक्रममा भरतपुर भरतपुर महानगरपालिका उपप्रमुख चित्र सेन अधिकारी, चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल, माडी नगरपालिका उपप्रमुख खेमप्रसाद महतो, जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने, भरतपुर १० का वडाध्यक्ष परमेश्वर खनालले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा मानव बेचबिखन अनुसन्धान ब्युरो प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले देशभरको र अधिवक्ता मदन थापाले चितवनमा मानव बेचबिखन को अवस्था बारे जानकारी गराउनु भएको थियो । यौनजन्य हिंसा विरुद्धको साझा अभियान चितवनमा आबद्ध संस्थाहरूको आयोजना गरिएको कार्यक्रममा मिना खरेलको अध्यक्षता मा सम्पन्न भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.