सुरक्षित नेपाल कार्यक्रम उत्पादन तथा प्रसारण सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौँ- सार्वजनिक सेवा प्रसारण नेपाल, नेपाल टेलिभिजन र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणवीच विपद् सुरक्षित नेपाल कार्यक्रम उत्पादन तथा प्रसारण सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

प्राधिकरणको सभाहलमा आयोजित कार्यक्रममा प्राधिकरणका तर्फबाट सहसचिव रोशनी कुमारी श्रेष्ठ र नेपाल टेलिभिजनका निमित्त नायव महाप्रबन्धक राजकुमार थापाले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

कार्यक्रममा प्राधिकरणका कार्यकारी प्रमुख ई दिनेश प्रसाद भट्टले प्राधिकरण र सार्वजनिक सेवा प्रसारणको प्राथमिकता एउटै भएकाले आपसी सहयोग र सहकार्यलाई थप प्रभावकारी बनाएर अघि बढ्ने प्रतिवद्द्धता व्यक्त गर्नुभयो ।

उहाँले नेपाल टेलिभिजन र प्रधिकरणवीच सम्पर्क व्यक्ति तोकेर पहिलो सूचना नेपाल टेलिभिजनलाई उपलब्ध गराउने गरी सहकार्य अघि बढाउने पनि वताउनुभयो ।

कार्यक्रममा नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले सार्वजनिक सेवा प्रसारणले विपद्को विषयलाई मुख्य प्राथमिकतामा राखेको वताउनुभयो ।

उहाँले विपद्को पूर्व सूचनादेखी विपदमा नागरिकको रक्षा, क्षति न्युनीकरण र उद्द्धार राहतसम्मका विषयलाई सार्वजिनक सेवा प्रसारणले प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो ।

प्राधिकरणका सहसचिव रोशनी कुमारी श्रेष्ठले नेपाल टेलिभिजनसंगको सहकार्यमा निर्माण हुने कार्यक्रम सुरक्षित नेपालले विपदबाट सुरक्षित रहन, क्षति न्यूनीकरण गर्न र प्रभावकारी राहत उद्द्धारमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो ।

दुइ निकाय वीचको सम्झौतामा विपद् सम्बन्धि सुरक्षित नेपाल कार्यक्रमको ५२ भाग उत्पादन गरी नेपाल टेलिभिजनले प्रसारण गर्ने उल्लेख छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.