रामेछापमा कोदो रोपाइँ

रामेछाप- ‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ्य जीवनको आधार’ भन्ने मुल नाराका साथ आज रामेछापमा पनि प्रथम राष्ट्रिय कोदो दिवस मनाइएको छ ।
सरकारले देशमा कोदोको उत्पादन बढाई बिदेशबाट यसको आयात रोक्ने उदेश्यले यो बर्षबाट कोदो दिवस मनाउन सुरु गरेको हो ।  यो अवसरमा रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं ३ मा आज कोदोको रोपाइँ गरियो ।
जमर्को कृषि सहकारी संस्थाद्धारा आयोजित रोपाइँ कार्यक्रममा बोल्दै प्रतिनिधि सभाका सांसद  पूर्णबहादुर तामाङ्ग (कान्छाराम ) ले बहुगुणी अन्न कोदोको बिकासका लागि सरकारले नीतिगत रुपमा नै बिशेष व्यबस्था गरेर किसानहरुलाई आकर्षित गर्न सक्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यान्वयन इकाइ रामेछापका प्रमुख थिरलाल गैरेले कोदोको महत्वका बारेमा बताउँदै यस खेतिको प्रबर्द्धनका लागि क्षेत्र निर्धारण गरेर किसानहरुलाई प्रोत्साहन गर्न सके रामेछाप जिल्लामा कोदो खेतिको राम्रो संभावना रहेको बताउनु भयो ।
जमर्को कृषि सहकारी संस्थाका अध्यक्ष योगेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न  कार्यक्रमको रामेछाप जिल्ला सहकारी संघ, जिल्ला कृषि सहकारी संघ , राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कृषि बिकास कार्यालय रामेछाप लगायतका संस्थाहरुले रोपाइँ कार्यक्रमको समन्वय गरेका थिए ।
कार्यक्रममा किसानहरुसँगै बारीमा गएर सांसद, राजनैतिक दलका नेता तथा कार्यकर्ताहरु, पत्रकार, व्यापारी, बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुले कोदोको रोपाइँमा सहभागिता जनाएका थिए । रामेछाप जिल्ला कोदो उत्पादनको दृष्टिकोणले महत्वपर्ण मानिन्छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.