चीनसँगको सम्बन्ध र सहकार्य थप सुदृढ र विस्तार गरिन्छ: प्रधानमन्त्री ओली

काठमाडौँ- नेपाल-चीन कूटनीतिक सम्बन्ध स्थापना आजदेखि ७० औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा नेपाल र बेइजिङमा विविध कार्यक्रम आयोजना गरेर कूटनीतिक सम्बन्ध स्थापनाको वार्षिकोत्सव मनाइएको छ ।

अनौपचारिक रूपमा तिब्बतका राजा श्रोङचोङ गम्पोसँग राजकुमारी भृकुटीको विवाहपछि प्रारम्भ भएको ऐतिहासिक सम्बन्ध आधुनिक युगमा अझ झाङ्गिदै गएको छ ।

चीनसँग आज कै दिन अर्थात् १ अगष्ट १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो ।

शान्तिपूर्ण सह-अस्तित्व, पारस्परिक सहयोग, भौगोलिक अखण्डता र अहस्तक्षेप लगायत पञ्चशीलका सिद्धान्तमा आधारित नेपाल–चीन सम्बन्धलाई दुवै मुलुकले उच्च प्राथमिकता दिएका तथा यसलाई अझ सुदृढ तुल्याउन दुवै देशका शीर्ष नेतृत्व क्रियाशील रहेको कुटनीतिक जानकारहरुको भनाइ छ ।

विश्वशक्ति राष्ट्र बनेको चीनले हासिल गरेको विकासबाट अधिकभन्दा अधिक लाभ लिएर मुलुकलाई समृद्धिको दिशातर्फ अग्रसर गराउनुपर्ने सुझाव कुटनीतिक क्षेत्रको छ ।

यसै अवसरमा चीनीया दुतावासले काठमाडौंमा आज साँझ आयोजना गरेको विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुनु भएको छ ।

सो अबसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचको ७० वर्षदेखिको सम्बन्ध र सहकार्यलाई थप सुदृढ र विस्तार गर्दै लैजाने बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले द्विपक्षीय हित,आपसी सहकार्य र सम्बन्धका विविध पक्षलाई थप मजबुत बनाउदै लैजाने उल्लेख गर्नुभयो ।

नेपालको विकासका क्षेत्रमा चीनले पुर्‍याएको सहयोगका लागि धन्यवाद दिनुहुँदै प्रधानमन्त्री ओलीले स्वास्थ्य,सडक,सूचना प्रविधि लगायतका पूर्वाधारको क्षेत्रमा चीनसँग थप सहकार्य हुने पनि बताउनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.