बिउ मकै उत्पादनमा स्याङ्जाका किसान

 स्याङ्जा –  हावा पानी र माटो सुहाउँदो भूगोल अनुसारको प्रशस्त मकै उत्पादन हुने स्याङ्जामा पछिल्लो समय बिउ उत्पादनका लागी यहाँका किसानहरू निकै लागी परेका छन् ।  कृषि ज्ञान केन्द्र स्याङ्जा तथा कृषि स्रोत केन्द्रको सहायतामा बिउ उत्पादनका लागी प्रोत्साहन कार्यक्रमले प्रदेशमै पहिलो मकैको बिउ उत्पादन गर्ने जिल्ला बन्न सफल भएको हो ।

स्याङ्जा जिमुहाका ७२ बर्सिया नन् कुमारी डुम्रेले यसरी मकैको बिउ उत्पादन गर्न थालेको छ वर्ष भयो । उहाँजस्तै अहिले जिलाको जैसिडाडा,पन्चमुल,सतहुँ र चापाकोट क्षेत्रका किसानहरू बिउ मकैको उत्पादन गर्दै आएका छन् । स्याङ्जामा हावा पानी र माटो सुहाउँदो भूगोल भएकाले प्रशस्त मकै उत्पादन हुने गर्दछ । अन्य खेतीको तुलनामा खेती गर्न सजिलो र सहज भएकाले किसानहरु मकै खेतीमा आर्कषीत भएका हुन ।

अहिले किसानले बिउ बिजन प्रयोगशाला बिउ गुणस्तर नियन्त्रण कार्यालयको मातहतमा रहेर उन्नत जातको मकैको बिउ बिक्री गरेका छन् । जसले गर्दा स्याङ्जा प्रदेशमै पहिलो मकै बिउ उत्पादन गर्ने जिल्ला बनेको हो । जिल्लाका किसानले छोटो समयमा उत्पादन हुने मनकामना तिन र अरुण दुई जातको मकै खेती गर्दै आएका छन् । जिमुहा क्षेत्रका किसाने मात्रै यस बर्ष करिब एक करोडको बिउ मकै बिक्री हुने बताउँछन् ।

जिल्लामा केहि बर्ष पहिले सम्म २८ हजार हेक्टर क्षेत्रफलमा मकै उत्पादन हुने कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । तर पछिल्लो समय ११ वटै स्थानीय तह र ज्ञान केन्द्रको संयुक्त तथ्याङ्कलाई हेर्दा क्षेत्रफल घटेर १५ हजार ५ सय ४४ हेक्टरमा मात्रै मकै उत्पादन हुँदै आएको छ । क्षेत्रफलमा कमी आएपनी कृषकले उन्नत जातको मकै लगाएकाले यस बर्ष २ सय ५० म्याक्ट्रिटन मकैको बिउ उत्पादन भएको कृषि ज्ञान केन्द्र स्याङ्जा सूचना अधिकारी विकास बि.क ले जानकारी दिनुभयो ।

मलजल गर्न सकेको खण्डमा  भिरालो पाखो बारीमा समेत राम्रो उत्पादन हुने मकै खेतीका लागी जङ्गली जनावरले क्षेती गर्ने भएका कारण सरकारले यसको व्यवस्थापन गर्न सकेको खण्डमा स्याङ्जा जिल्ला मकै बिउ उत्पादनमा आत्मनिर्भर हुने निस्चित छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.