पाल्पामा डुबेर १० वर्षमा १ सय १८ जनाले गुमाए ज्यान

पाल्पा – पाल्पाको भुतखोला र तिनाउको ड्याप साइटमा पौडी खेल्न जाने र खोलाको तस्बिर लिनेहरू लडेर ज्यान गुमाउनेको तथ्याङ्क
डर लाग्दो रहेको पाइएको छ ।
यस क्षेत्र पर्यटकका लागि आकर्षण स्थल भए पनि त्यसको उचित सुरक्षा प्रबन्ध नहुँदा धेरैले ज्यान गुमाउनु परेको हो ।
उक्त खोलामा आन्तरिक तथा बाह्य पर्यटक बढी जाने गरेका भन्दै सुरक्षाको उचित प्रबन्ध नहुँदा दुर्घटना हुने गरेको स्थानीय बताउँछन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार आर्थिक वर्ष २०७१्७२ देखि आर्थिक वर्ष ८१्८२ सम्म भुतखोला र तिनाउको ड्याम साइटमा डुबेर १० वर्षको अवधीमा ११८ जनाले ज्यान गुमाएका छन् ।
सूचना अधिकारी एवं प्रहरी नायब निरीक्षक सुनिल मल्लका अनुसार आर्थिक वर्ष २०७१्७२ मा १० जना, २०७२्७३ मा ८ जना, २०७३्७४ मा १० जना, २०७४्७५ मा ६ जना, २०७५्७६ मा १५ जनाको मृत्यु भएको छ ।
यस्तै आर्थिक वर्ष २०७६्७७ मा ३ जना, ७७्७८ मा ६ जना, ७८्७९ मा १४ जना, ७९्८० मा १९ जना, ८०् ८१ मा जना १४ र ८१्८२ मा ४ जनाको मृत्यु भएको छ ।
सो ठाउँमा एक दुई घण्टाको अन्तरमा खतराको साइरन बजाउने तथा सिसिटिभीको माध्यमबाट मोनिटरिङ्ग गर्ने व्यवस्था गरेमा दुर्घटना कम हुने अपेक्षा सरोकारवालले गरेका छन् ।






प्रतिक्रिया राख्नुहोस्