१८ बर्सिया किशोरीको झुन्डिएर मृत्यु

सिराहा – सिराहा जिल्लाको मिर्चेया नगरपालिका-६ रेडक्रस टोलमा एक १८ बर्सिया किशोरीको झुन्डिएको अवस्थामा शव फेला परेको छ।
मिर्चेया इलाका प्रहरी कार्यालयका अनुसार शनिवार बिहान अन्दाजी ४:३० बजे रञ्जना कुमारी ठाकुरले आफ्नै घरको कोठामा पङ्खामा पासो लगाई आत्महत्या गरेकी हुन्। स्थानीयले खबर गरेपछि प्रहरी निरीक्षक मुनिलाल यादवको कमान्डमा टोली घटनास्थल पुगेको थियो।
घटनास्थलको प्रारम्भिक अनुसन्धान पश्चात् थप विवरण सङ्कलन तथा प्रमाण सङ्कलन गर्न प्रहरी निरीक्षक धिरज पटेलको नेतृत्वमा SOCO (Scene of Crime Officer) सहितको टोली खटाइएको थियो। शवलाई मुचुल्का तयार पारेर पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल, सिराहा पठाइएको प्रहरीले जनाएको छ।






प्रतिक्रिया राख्नुहोस्