उद्धार सामग्रीहरू प्रदान 

रसुवा – विपद्मा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन गोसाईंकुण्ड गाउँपालिकाले बिपत व्यवस्थापन समिति मार्फत नेपाली सेनालाई आवश्यक उद्धार सामग्रीहरू प्रदान गरेको छ  ।

गाउँपालिकाले बिपतका समयमा उद्धार कार्यमा अग्रपङ्न्तिमा रही काम गर्ने नेपाली सेना रहेकाले  बिपतमा उद्धार कार्यमा आवश्यक पर्ने पन्ध्र प्रकारका उद्धारका सामग्रीहरू लाङटाङ राष्ट्रिय निकुञ्ज सुरक्षार्थ रहेको श्री श्रीनाथ गण, ब्राबल ब्यारेकलाई आइतबार हस्तान्तरण गरेको हो ।

रसुवा जिल्लामा हालै आएको बाढीले ठुलो धनजनको क्षति भएको  र बढी प्राकृतिक बिपत्तीका घटनाहरू हुने भएकाले गाउँपालिकाले तत्काल दुई लाख रुपैयाँ बराबरको लाइफ ज्याकेट, प्लास्टिक ट्युब, क्याराबिनर, पुली, थ्रो ब्याग, शव राख्ने झोला, एसेन्डर, थर्मल हीट शिल्ड झोला लगायतका सामग्री दिइएकोले विपद्को बेला खोज, उद्धार तथा राहत कार्यमा उपयोगी हुने विश्वास गरिएको गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङले बताउनुभयो ।

जिल्ला बिपत व्यवस्थापन समितिका अध्यक्ष एवं  प्रमुख जिल्ला अधिकारीले प्राप्त समाग्रीहरु विपद्को बेला उद्धार तथा राहत कार्यमा छिटो र प्रभावकारी हस्तक्षेप गर्न मद्दत पुग्ने र मानवीय एवं भौतिक क्षति न्यूनीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.