वर्षाले स्याङ्जा–पर्वत सडक खण्ड अवरुद्ध

स्याङ्जा –  अविरल वर्षाले स्याङ्जा–पर्वत सडक खण्ड अवरुद्ध भएको छ । वालिङदेखि पर्वतको दक्षिणी भेग पयुँ, व्यादी जोड्ने सडक पहिरोको कारण अवरुद्ध भएको हो ।

वालिङ नगरपालिका–१४, डुम्रे भन्ज्याङमा पहिरो जाँदा सोमबार बिहानबाट सडक अवरुद्ध हुन पुगेको वालिङ–१४ का वडा अध्यक्ष बोधराज कुँवर (राजु)ले जानकारी दिनुभयो।

पहिरो खस्ने क्रम जारी नै रहे पनि डोजर प्रयोग गरेर सडक सुचारु गर्ने काम भइरहेको उहाँको भनाइ छ । सडक अवरुद्ध हुँदा दुई जिल्ला ओहोरदोहोर गर्ने यात्रुहरू बाटोमा नै अलपत्र परेका छन् ।

यसैबिच आइतबार बिहानबाट परेको निरन्तरको वर्षाले अधिकांश ग्रामीण सडक अस्तव्यस्त बनेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.