उदयपुरमा ट्रकले किच्दा बृद्धको मृत्यु

उदयपुर- उदयपुरगढि गाउँपालिका- ७ जोगिटोलस्थित मदनभण्डारी लोकमर्गमा ट्रकको ठक्करले एक बृद्धको मृत्यु भयको छ ।
काठमाण्डौंबाट सुनसरीतर्फ जाँदै गरेको प्रदेश न. ३-०१-००६ख ०५६१ नं. को ट्रकले ठक्कर दिंदा रौतामाई- ७ बस्ने ७२ बर्षिय टक बहादुर लामिछाने मगरको घटनास्थलमै मृत्यु भएको हो ।
बृद्ध मगर बाख्रा गोठालो गरिरहेको बेला ट्रक अनियन्त्रित भई किचेको प्रहरीले जनाएको छ ।
दोलखा जिल्ला कालिन्चोक गा.पा.-४ बस्ने ट्रकका सह-चालक ४० बर्षिय गोमे दर्जिको भने दाहिने खुट्टामा चोट लागेर गम्भीर घाइते भई उपचारको लागि जिल्ला अस्पताल उदयपुर ल्याइएको छ ।
ट्रक चालक काभ्रेपलान्चोक बनेपा न. पा. -१४ बस्ने ५४ बर्षिय नबराज राउत सकुसल रहेका छन् । निजलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनास्थलमा प्रहरी अधिकृतसहितको टोली खटिई शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल ल्याईएको छ भने थप सम्बन्धमा अनुसन्धान भईरहेको छ ।






प्रतिक्रिया राख्नुहोस्