पहिरोले जयपृथ्वी राजमार्ग अबरुद्ध

बैतडी- बर्षाका कारण पहिरो खसेपछी बैतडीबझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । बैतडीको सिगास गाउँपालिका९ रमिलापूर नजिक पहिरो खसेपछी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको हो ।

अविरल बर्षाका कारण गएराती करिब एक बजेतिर सडक माथीबाट पहिरो खसेपछी राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रवक्रा प्रहरी निरिक्षक बलराम पाण्डेयले बताउनुभयो ।

सडक अवरुद्ध बनेपछि बझाङ भित्रीने तथा बाहिरीने सवारीसाधन बिचबाटोमा नै रोकिएका छन् । अवरुद्ध राजमार्ग खुलाउने प्रयास भैरहेको पाण्डेयले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.