भरतपुर महानगरमा लामखुट्टेको लार्भा नष्टको अभियान

चितवन – बर्सात लागेसँगै डेङ्गीको सङ्क्रमणको जोखिम बढेपछि भरतपुर महानगरपालिकामा डेङ्गी नियन्त्रणको अभियान थालिएको छ ।
महानगरले डेङ्गीको जोखिमयुक्त क्षेत्रमा लामखुट्टेको लार्भा नष्ट अभियान थालेको छ । महानगरले बुधवारबाट सम्भावित क्षेत्रमा सचेतना अभियान सहित लामखुट्टे नष्ट गर्न सुरु गरेको हो । भरतपुरको मुख्य बजारी क्षेत्रमा डेङगीको उच्च जोखिममा छ । भरतपुर महानगरपालिकाको पहलमा लामखुट्टेको लार्भा र अण्डा नष्ट गर्ने कार्य अघि बढाइएको छ। भरतपुर महानगरपालिकाले समुदायलाइृ अग्रसर गराउने अभियान थालेको छ ।
महानगर प्रमुख रेनु दाहालले समुदायको अग्रसरतामा अभियान तीव्र बनाउन लागेको बताउनुभयो ।
मनसुन लागेसँगै डेङ्गी सङ्क्रमणको जोखिम बढ्न थालेको छ । साउनयता मात्रै चितवनमा गरिएको परीक्षणबाट १६ जना डेङ्गी सङ्क्रमण भएको छ । डेङ्गीको सङ्क्रमणको जोखिम निरन्तर बढ्दो छ ।
बुधवार पुल्चोकदेखी नारायण घाट बसपार्कसम्म लामखुट्टेको लार्भा खोज्दै नष्ट गरिएको छ ।
महानगर उपप्रमुख चित्र सेन अधिकारीले महानगरमा जोखिम न्यूनीकरणको लागि तयारी थालिएको बताउनुभयो । गत वर्ष करिब तीन हजारमा सङ्क्रमण देखिएको चितवनमा १६ सय भन्दा बढी भरतपुर महानगरका मात्रै थिए ।
वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारीले समुदायले नै सतर्कता अपनाउनु पर्ने बताउनुभयो ।






प्रतिक्रिया राख्नुहोस्