घोडा चढेर पनि गोसाईंकुण्ड जान सकिने

रसुवा- हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको पबित्र तिर्थस्थल गोसाईंकुण्डमा जनै पूर्णिमाको अवसरमा लाग्ने मेलाका लागि हिँडेर जान नसक्ने तिर्थयात्रुहरुका लागि घट्टे खोला देखि गोसाईंकुण्ड सम्म घोडाको व्यवस्था गरिएको छ ।
गोसाईंकुण्ड क्षेत्र विकास समितिले घोडा चढेर गोसाईंकुण्ड स्नान गर्न जाने तीर्थयात्रीहरूका लागि स्थान अनुसार दररेट समेत निर्धारण गरी दिएको छ । मेलाको ,अवसरमा यात्रीहरू नठगियुन भन्दै सो अवधिभर मूल्यमा एकरूपता ल्याउनका लागि दररेट निर्धारण गरिएको समितिले जनाएको छ । समितिका अनुसार घट्टे खोला देखि चन्दनबारी सम्म घोडा चढे बापत चार हजार घट्टे खोला देखि बुद्धमन्दिर सम्म घोडा चढे बापत सात हजार पाँच सय, घट्टे खोलादेखि गोसाइँकुण्डसम्म घोडा चढे बापत आठ हजार रुपैयाँ शुल्क तोकिएको छ ।
त्यस्तै, देउरालीदेखि बुद्ध मन्दिरसम्म घोडा चढे बापत छ हजार पाँच सय, देउरालीदेखि गोसाइँकुण्डसम्म घोडा चढे बापत सात हजार पाँच सय, चन्दन बारीदेखि बुद्ध मन्दिरसम्म घोडा चढे बापत पाँच हजार पाँच सय, चन्दन बारीदेखि गोसाइँकुण्डसम्म घोडा चढे बापत छ हजार, चोलाङपाटीदेखि बुद्ध मन्दिर सम्म चार हजार पाँच सय, चोलाङपाटी देखि गोसाईंकुण्ड सम्म ५ हजार पाँच सय रुपैयाँ कायम गरिएको गोसाईंकुण्ड क्षेत्र विकास समितिले जनाएको छ । यस क्षेत्रमा अहिले पचास देखि सत्तरीको सङ्ख्यामा घोडाले तीर्थयात्रीहरूलाई सहयोग गरी रहेको घोडा संन्चालक सुब्बा तामाङले बताउनुभयो ।






प्रतिक्रिया राख्नुहोस्