जनै बनाउने सीपको पुस्तान्तरणको चिन्ता

स्याङ्जा- पछिल्लो समय गाउँघरमा जनै बनाउने प्रचलन हराएको छ । युवा पुस्तामा सीप हस्तान्तरण नहुँदा जनै बनाउने चलन हराउन थालेपछी स्याङ्जाको गल्याङ-१ का युवाहरु यसको संरक्षण र सिप हस्तान्तरणमा सक्रिय भएका हुन् ।

आजभोली गाउँमा भएका युवाले जनै बाट्न चासो दिँदैनन् भने बृद्धबृद्धाबाट सीप सिक्न पनि खोज्दैनन् जसको कारण गाउँघरमा जनै बनाउने चलन हराउँदै गएको हो ।

जनै हिन्दु पुरुषले धारण गर्ने पवित्र अभिमन्त्रीत धागो हो । यसलाई व्रतवन्ध गरेका व्राह्मण र क्षेत्रीय पुरुषले आयु, तेज, शौर्य, बल, बुद्धि र समृद्धि प्राप्तीका लागी धारण गरिने विश्वास रहँदै आएको छ । जनैलाई हिन्दु धर्मालम्बीहरुले विशेष महत्व दिने गर्दछन् तर गाउँमा युवा नहुँदा जनै बनाउने चलन हराउँदै गएको गुनासो स्थानियको छ ।

कुनै समय गाउँघरमा जनै बाट्ने लहर नै थियो जसले चाडपर्व आएको रौनकता झल्काउथ्यो । बजारमा बिक्रीका लागी राखिएको काँचो धागोबाट कतुवाको भरमा जनै बाट्ने, तेब्राउने र शिखा पारेर बिधिवत रुपमा बैदिक मन्त्रले शुद्ध बनाइन्थ्यो ।

मेशिनले बनाएको भन्दा गाउघरमा हातले बनाएको जनै राम्रो हुने जानकार बताउँछन । येन बद्धो बलिराजा दानवेन्द्रो महाबलः। तेन त्वां प्रतिबध्नामी रक्षेमा चलमा चल ।। भन्ने संस्कृतको मन्त्र पढ्दै जनै तथा रक्षाबन्धन लगाउन चलन रहेको सम्झदै मालुङ्गाका स्थानीय संस्कृति जोगाउन सक्रिय भएका हुन् । उनीहरुले हातैले जनै बाट्न सुरु गरेका छन् ।

युवा पुस्तामा जनै बनाउने सीप हस्तान्तरण नहुँदा हिन्दु धर्मालम्बीहरुले बजारबाट किनेर ल्याएको जनैको भरमा बर्ष भरीका पुन्य कार्य गर्दै आएका छन् । युवा पुस्ताले आफ्नो धर्म संस्कार र संस्कृति संरक्षणमा चासो नदिने हो भने नेपाली समाजको मौलिकता र सस्कृति संकटमा पर्न सक्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.