वायुबाट बिजुलीः पाल्पाका १ सय ५० घरपरिवारले वायु ऊर्जा उपभोग गर्दै

पाल्पा- हावाबाट बिजुली निकालेपछि पाल्पाको निस्दी गाउँपालिका४ का १ सय ५० घरधुरी र गाउँपालिकाको सेवा सहज भएको छ ।

केन्द्रिय प्रशारण लाइन नपुगेको यस पालिकाको केन्द्र रहेको रुक्सेभञ्याङ्ग, मित्याल लगायतको गाउँ देखि गाउँपालिकाको कार्यालयले हावाबाट निस्कने विजुली उपभोग गर्दै आएका छन् ।

छ वर्ष अघि मित्यालमा हावाबाट बिजुली उत्पादन सफल परीक्षण भएको थियो । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र निस्दी गाउँपालिकाको दुई करोड १५ लाख रुपैयाँको संयुक्त लगानीमा हावाबाट बिजुली निकालिएको थियो ।

यस्तै निस्दी गाउँपालिका, वडा नं. ४, प्रहरी चौकी, स्वास्थ्य कार्यालय, गौरीशशंकर मावि, मौलादेवी र मित्याल आधारभूत विद्यालयमा समेत विद्युत्को पहुँच पुगेको छ ।

पहिले हावाबाट बिजुली बल्छ भन्ने विश्वास नै नभए पनि अहिले उपभोग नै गर्न पाउँदा सजिलो भएको गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले बताउनुभयो । अहिले तत्कालका लागि बिहान ४ बजेदेखि बेलुका १० बजेसम्म बिजुली वितरण भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.