भारतप्रति आक्रामक अमेरिकाः ५० प्रतिशत अतिरिक्त भन्सार महसुल घोषणा

काठमाडौं- भारतले रुसी तेल खरिद गरेको भन्दै अमेरिकाले थप २५ प्रतिशत अतिरिक्त भन्सार महसुल लागू गर्ने घोषणा गरेको छ । यो सँगै अमेरिकाले भारतीय सामान आयातमा लगाउने अतिरिक्त करको दर ५० प्रतिशत पुगेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिजो कार्यकारी आदेशमा हस्ताक्षर गर्दै भारत माथि लगाइँदै आएको करको दर वृद्धि गरिएको घोषणा गर्नुभएको हो। भारत माथि लगाइएको कर उच्च मध्येको हो ।

नयाँ करको दर घोषणा गरिएको २१ दिनमा लागू गरिनेछ । कार्यकारी आदेशमा हस्ताक्षर भएको मितिको आधारमा भारतले आगामी २७ अगस्टबाट अमेरिकालाई ५० प्रतिशत अतिरिक्त कर तिर्नु पर्नेछ ।

हिजो भारतको परराष्ट्र मन्त्रालयले अमेरिकाले गरेको करवृद्धिका विषयमा प्रतिक्रिया दिंदै दिल्लीले पहिले नै रूसबाट हुने आयातमा आफ्नो अडान स्पष्ट गरिसकेको र कर वृद्धि अनुचित, अन्यायपूर्ण र तर्कसंगत नभएको बताएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.