हाई पम्प प्रविधिबाट लिफ्टिङ सिचाई

स्याङ्जा – स्याङ्जाको गल्याङ नगरपालिका ११ लवरकोटमा विगत चार वर्षदेखि हाई पम्प प्रविधिबाट लिफ्टिङ सिचाई हुँदै आएको छ । विद्युत् र इन्धन बिना नै सञ्चालन हुने यो सिचाई नेपालकै पहिलो प्रविधि हो । आकासे पानीको भरमा खेती गर्नुपर्ने त्यस क्षत्रका किसानको समस्या नयाँ प्रविधिले सहज बनाएको छ ।

सुन्दा अचम्म लाग्न सक्स विद्युत् र इन्धन बिना नै लिफ्टीङ मेसिन सञ्चालन हुन्छ भन्दा । तर स्याङ्जामा भने विगत चार बर्सदेखि निरन्तर सञ्चालनमा रहेको छ । जिल्लाको गल्याङ नगरपालिका ११ लबरकोटका ७० घरपरिवारका किसानहरूलाई विद्युत् र इन्धन बिना आधुनिक हाई पम्प प्रविधिबाट पानी लिफ्टीङ हुन थालेपछी सहज भएको हो । यो नेपालमै पहिलो लिफ्टीङ सिचाई आयोजना हो । खोला वा नहरको पानीलाई पाइपको माध्यामवाट ट्रवाईनमा खसाली गियरको माध्यमले मोटर घुमाउँदा मोटरले पानी फल्ने  प्रविधिको प्रयोग गरेर कृषकले उत्पादन गर्दै आएका छन् ।

करिब ९० लाखको लागतमा २४ घण्टा सञ्चालन हुने गरी चार वर्ष अघि सुरु गरिएको हो ।  जिल्ला सिचाई कार्यालय स्याङ्जा र आधिखोला बहुउदेयीय पानी उपभोक्ता संस्था आक्वाको समन्वयमा आटिस्टा कम्पनीले निमार्ण सम्पन्न गरेको हो । सिचाइका लागी  पर्याप्त पानी अभावका कारण आधुनिक कृषि नारामा मात्र सीमित हुँदा हाई पम्प विधि राम्रो देखिएको छ ।  एक सय पचास लिटर प्रतिसेकेन्ड पानी आवश्यक पर्ने यो प्रविधिले  २० हेक्टर जमिन सिँचाइ गर्दछ ।  ६० मिटरको दुरीमा पानी पम्पीङ गरी १२ सय मिटरको दुरी सम्म सजिलै पानी लिफ्टिङ हुने हुँदा कृषकका लागी निकै प्रभावकारी बनेको जलस्रोत तथा सिचाई डिभिजन कार्यालय प्रमुख किरण आचार्य बताउनुहुन्छ ।

जिल्लामा नयाँ प्रविधि भित्रिए सँगै विद्युत् र इन्धनमा खर्च हुने लाखौँ रकम मात्र बचेको छैन गाउँमा कृषि उत्पादन गर्ने किसानको सङ्ख्या समेत बढेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.