अङ्ग्रेज फौजलाई हराएको सम्झनामा पाल्पामा विजय उत्सव मनाइँदै

पाल्पा- तत्कालीन नेपाल अङ्ग्रेज युद्धको सम्झनमा पाल्पामा हरेका वर्ष मनाइने ऐतिहासिक रणउजेश्वरी भगवतीको सिन्दूर रथयात्रा आउँदो भदौ १ गते मनाइने भएको छ ।
पाल्पा राज्यका तत्कालीन कर्णेल उजीरसिंह थापाले जित गढीको युद्धमा अङ्ग्रेज फौजलाई हराएको उत्सवको अवसरमा यस वर्ष २०६ औ भगवतीको रथयात्रा मनाउन लागिएको हो ।
वि.सं १८७१÷७२ मा अङ्ग्रेजहरूले नेपालको पाल्पा राज्यमा चौतर्फी आक्रमण गरेपछि भगवती देवीको भाकल गरी लडाई जितेका कर्णेल उजीरसिंह थापाले त्यो समय काल देखि नै भगवतीको रथयात्रा निकाल्न सुरु गरेका थिए ।
त्यसयता प्रत्येक वर्ष पाल्पा सदरमुकाम तानसेनमा सरकारी निकायकै अगुवाइमा भगवतीको विजय उत्सव नामर्दै आइएको छ । रथयात्रा उत्सवमा जिल्लाका हजारौँ श्रद्धालु भक्तजन देखि छिमेकी जिल्लाबाट समेत उल्लेख्य सहभागिता हुने गरेको छ ।
रणउजेश्वरी भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष अशोक महर्जनका अनुसार गएको वर्ष राष्ट्र प्रमुखकै सहभागितामा उत्सव मनाएको र यस वर्ष पनि राष्ट्रका विशिष्ट व्यक्तित्वको सहभागितामा रथयात्रा उत्सव मनाउने जानकारी दिनुभयो ।
भगवतीको रथलाई दुवैतिर तेर्साइएका बलिया नोलहरूलाई काँधमा बोकी जय जयकारको गुन्जन ध्वनिमा नेपाली सेनाको हर्ष बढाइँका साथ नगर परिक्रमा गर्ने पुरानो प्रचलन रहिआएको छ ।






प्रतिक्रिया राख्नुहोस्