सडकमै धान रोपेर बिरोध प्रदर्शन

मोरङ- समयमा सडक निर्माण नगरेको र वर्षामा हिंड्नै नहुने गरी खाल्डाहरु भएको भन्दै मोरङको कटहरी गाँउपालिकाका स्थानीयहरुले सडकमा धान रोपेर सांकेतिक विरोध गरेका छन् ।

बिहिवार हुलाकी राजमार्गको कटहरी खण्डको कटहरी चोकमा एक घण्टा सडक अवरोध गरेर स्थानीयले विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले सडकमा धान रोप्नुका साथै सडकमा नै बाँस लगाएर यातायात अवरोध गरेका थिए । सडक अवरोध गरिएपछि ठेकेदार जेसिभी लगाएर खाल्डोहरुमा ग्राभेल हाल्ने सहमति भएको छ ।

तीन वर्षभित्र काम सम्पन्न गर्ने गरी २०७६ साल कार्तिक २४ गते नयाँ बजार हाटखोला सडक खण्डको करिब साढे ६ किलोमिटरको सडक निर्माण थालिएको थियो । तर विगत ६ वर्षमा करिब २७ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । करिब ७२ करोड ११ लाख रुपैयामा श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी हेटौडाले सो सडक खण्डको ठेक्का लिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.