गोसाँइकुण्ड तर्फ जाँदै धामी झाक्रीहरु

रसुवा – गाँउघरमा अहिले पनि झारफुक गरेर उपचार गर्ने चलन हटेको छैन ।
झारफुक गर्ने धामी झाक्रीहरुको मन्त्र साधना गर्ने चलन र पध्दति फरक रहेका छन् । उनिहरू मन्त्र साधना गरेर शक्ति प्राप्त गर्न र सिध्दी प्राप्त गर्न विभिन्न देवदेवताका मठ मन्दिर रहेको स्थानमा पुग्ने गर्दछन ।
बिशेष गरि जनै पूर्णिमा पर्बका अबसरमा रसुवाको गोसाँईकुण्ड लगायतका मठ मन्दिर तथा कुण्डहरुमा धामी झाक्रीहरुको मेला लाग्ने गरेको छ । जिल्लाको उच्च स्थानमा रहेका मठ मन्दिर तथा कुण्डहरुमा पुगी भगवानको आरधना गरे पछि तान्त्रिक विद्यासिद्ध हुने उनिहरुको बिश्वास रहेको छ । जसले गर्दा मंन्त्र साधनको लागि आफ्नो भेषभुषा र ढेलढ्याङ्ग्रो सहित धामी झाक्रीहरु पुग्दा त्याहाँको माहोल नै फरक हुने गर्दछन् ।
धामी झाक्रीहरुको यही गतिविधिलाई अध्ययन अवलोकन गर्न आउने विदेशी पर्यटकहरूको संख्या समेत सालिन्य बढिरहेको छ। यसवाट यस क्षेत्रकै पर्यटन पर्वद्र्धनमा टेवा पुगिरहेको स्थानीय पर्यटन व्यवसायीहरू बताउछन् । यसरी आउने धामी झाक्रीहरुको साथमा गाँउका प्रत्येक घरहरु बाट मानिसहरु आउने र सहयोग गर्ने परम्परा रहि आएको छ ।
रसुवाको उच्च स्थानहरुमा पर्बका अबसरमा फरक फरक स्थानमा धामीझाक्रीहरु पुग्ने गरेका छन । धामी झाक्रीहरुले आफ्नो तन्त्र मन्त्र सहित आयुर्वेदिक पद्धतिवाट उपचार गर्ने परम्परा परापूर्वकाल देखि चल्दै आएको छ । उनिहरू जनविश्वासलाई मध्यनजर गरि कतिपय स्थानीय तहले धामी झाक्रीहरुलाई आधुनिक उपचार पद्धति र त्यस सम्बन्धी ज्ञान पनि दिने गरेका छन् ।
रसुवाको उच्च क्षेत्रमा रहेको पार्वतीकुण्डमा पनि जनैपूर्णिमामा मेलालाग्ने भएकाले उक्त ठाउँमा पनि झाँकीहरू जाने गरेका छन ।






प्रतिक्रिया राख्नुहोस्