रसुवाको गोसाईकुण्डमा मेला

बिहानै देखी गोसाँईकुण्डमा स्नान गरी भगवान शिवको आराधना

काठमाडौँ- जनै पूर्णिमाको अवसरमा रसुवाको पवित्र धार्मकि तीर्थस्थल गोसाईकुण्डमा आज मेला लागेको छ । देशका वभिन्नि भाग र भारत बाट आएका भक्तजनले बिहानै देखी गोसाँईकुण्डमा स्नान गरी भगवान शिवको आराधना गर्दै पूजा गररिहेका छन् ।

गोसाइकुण्डमा स्नान, दान र तर्पण गर्नाले पितृहरु उद्धार भई स्वर्ग जाने र आफ्नो मनोकाँक्षा पूरा हुने धार्मिक मान्यता छ । त्यस्तैगरी धामीझाक्रीहरु पनि मन्त्र सद्धि हुने जनवश्विासले देशका बिभिन्न स्थान बाट आई भववान शिवको पुजा आराधाना गरिरहेका छन् ।

हिमवत् खण्डमा उल्लेख भए अनुसार देव र दानवले समुन्द्र मन्थन गर्दा निस्किएको कालकुट विषले संसार भष्म गर्न लाग्दा महादेवले उक्त विष पिए पछि विषले भगवान शिवको घाटीमा जलन भइ डाह शान्त पार्न गोसाँईकुण्ड स्थित पहाडको पहरामा त्रिशुलले भित्तामा हान्नुभएको र यसपछी पहराबाट निस्किएको गंगाजलले भगवान शिवको घाटीमा रहेको विषको डाह शान्त पार्नु भएको र पछी सोही पहराबाट निस्किएको पानीले कुण्ड बनेको जनबिश्वस्वास रहेको छ ।

सोही कुण्डलाई गोसाइकुण्ड भन्न थालिएको धार्मिक मान्यता छ । भगवान शिव विराजमान भएको जनबिश्वसका साथ वर्षेनी हजारौ भक्तजनहरु जनैपूणिमा तथा गंगा दशहरामा गोसाइकुण्ड पुग्ने गर्दछन । गोसाइँकुण्ड गाउँपालकिा ५ मा अवस्थित गोसाइकुण्ड समुद्र सतहदेखी ४ हजार ३८० मटिरको उचाइमा रहेको छ । ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.