फोनिजको २६ औं स्थापना दिवसको अवसरमा पत्रकार सम्मानित

रामेछाप-नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ( फोनिज ) को स्थापना दिवसका अवसरमा आज रामेछापका दुई जना पत्रकारहरु सम्मानित भएका छन् ।
फोनिजको २६ औं स्थापना दिवशको अवसरमा नेपाल पत्रकार महासंघ रामेछापका निर्वतमान अध्यक्ष बद्री नयाँघरे र नेपाल प्रेस युनियन रामेछापकी अध्यक्ष ज्ञानु श्रेष्ठ सम्मानित हुनु भएको हो ।
उक्त अवसरमा मन्थलीमा आयोजित कार्यक्रममा पत्रकारद्धय नयाँघरे र क्षेष्ठलाई मन्थली नगरपालिकाका नगर प्रमुख लव श्रेष्ठले नगद र दोसल्ला सहित सम्मान गर्नु भएको हो ।
बिगतका बर्षहरुदेखी नै आफ्नो स्थापना दिवशका अबसरमा फोनिजले फोनिजकर्मीहरु मध्येबाट एक जना र जनजातिहरुको बिषयमा खोजमुलक समाचार लेख्ने एक जना पत्रकारलाई सम्मान गर्दै आएको छ ।
यस बर्ष जनजातिका बिषयमा खोजमुलक समाचार लेखनबाट सम्मानित हुनेमा नयाँघरे हुनुहुन्छ भने फोनिजकर्मीबाट सम्मानित हुनेमा श्रेष्ठ हुनुहुन्छ । नयाँघरे ३० बर्षदेखि पत्रकारीतामा सक्रिय हुनुहुन्छ भने श्रेष्ठ १५ बर्षदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ । दुवैजना पत्रकारलाई नगद १० हजार सहित दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।
फोनिज रामेछापका अध्यक्ष कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न स्थापना दिवश तथा पत्रकार सम्मान कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठ, फोनिज बागमती प्रदेशका अध्यक्ष युवराज श्रेष्ठ, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य नवराज पथिक, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष दिपक घिमिरे सम्मानित व्यक्तित्वहरु बद्री नयाँघरे र ज्ञानु श्रेष्ठ, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षहरु हिमाल ढुंगेल र टिका प्रसाद भट्ट लगायतका बक्ताहरुले स्थापना दिवशको शुभकामना दिनु भएको थियो ।
कार्यक्रममा रामेछापको पर्यटनको संभावना र जनजाति पत्रकारका बिषयमा पत्रकारहरु नवराज श्रेष्ठ र सुमित्रा तामाङ्गले अवधारणा पत्र प्रस्तुत गर्नु भएको थियो ।






प्रतिक्रिया राख्नुहोस्