स्याङजामा जिप दुर्घटना, तीन जना गम्भीर घाइते

स्याङ्जा- स्याङ्जाको वालिङमा भएको जिप दुर्घटनमा तीन जना गम्भिर घाईते भएका छन् । वालिङ बजारबाट वालिङ नगरपालिका१२ लाम्पाते जाँदै गरेको ल १ च ६२५३ नम्वरको जीप वालिङ१४ को छोरेखर्कमा शनिबार साँझ दुर्घटनामा परेको हो ।

जिप सडकबाट २५ मिटर जती तल झरेको वालिङ नगरपालिका१४ का वडा अध्यक्ष बोधराज कुँवर (राजु)ले जानकारी दिनुभयो । घाईतेहरुले उद्धार गरी उपचारका लागि गह्रौं प्राथमिक अस्पताल पठाइएको उहाँको भनाई छ ।

दुर्घटनामा परी वालिङ नगरपालिका१२ का २२ बर्षीय सागर सुनार, सोही ठाउँका ३८ बर्षका ओविन गोतामे र जिपका चालक देवदह नगरपालिका२ खैरेनीका मदन पुरी घाईते भएका जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रशन्न राज चौधरीले जानकारी दिनुभयो ।

घाईतेको थप उपचारका लागि पोखरा लगिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.