धनकुटामा पिकअप दुर्घटना घाईतेको संख्या २१ पुग्यो

धनकुटा – धनकुटा नगरपालिका–८, स्थित टेकुनालामा पिकअप दुर्घटनका हुँदा २१ जनाभन्दा घाईते भएका छन् । टेकुनालाबाट बजारतर्फ आउँदै गरेको को.२ च.२३०९ नम्बरको पिकअप बिहान करिब साढे १० बजे दुर्घटना भएको हो ।
दुर्घटनामा परि पिकअपमा सवार २१ जना सवार रहेका थिए । जसमध्ये १७ जना घाईते भएका छन् । घाईते हुनेहरुमा ८ बस्ने बर्ष १४ बर्षिया सविना डंगोल,े बर्ष ६४ चन्द्र भक्त डंगोल, टेकनाला बस्ने बर्ष ३५ को हरी बहादुर डंगोल, धनकुटा नगरपालिका–७, बस्ने बर्ष ६२ को गुण राज श्रेष्ठ, धनकुटा नगरपालिका–८ बस्ने बर्ष ७२ को मोहन डंगोल, सोही स्थान वस्ने बर्ष ४५ को रेणुका राई, धनकुटा–७ बस्ने बर्ष २७ को राम श्रेष्ठ, ३८ को जित बहादुर राई रहेका छन् ।
यस्तै साधुरीगढी गाउँपालिका–१, बस्ने बर्ष १६ को निशु लिम्बु, धनकुटा–८, बस्ने वर्ष १५ को रिमा डंगोल, धनकुटा–७ बस्ने वर्ष २२ को राजन राई, सहीदभुमी गाउँपालिका ४ बस्ने बर्ष २४ को अतिस राई, छथरजोरपाटी गाउँपालिका–६ बस्ने बर्ष २४ प्रकाश श्रेष्ठ, धनकुटा–८ बस्ने वर्ष १८ को रोजिन डंगोल, धनकुटा मुलघट बस्ने बर्ष १२ रोनिया श्रेष्ठ, धनपकुटा–८ बस्ने बर्ष ५६ को रमेश कर्मचार्य, छथरजोरपाटी गाउँपालिका–६ सिधुवा बस्ने बर्ष १६ शिव श्रेष्ठ, धनकुटा–८ बस्ने बर्ष १४ सविना डंगोल, धनकुटा मुलघाट बस्ने बर्ष १५ रोनिता श्रेष्ठ, धनकुटा–८ बस्ने वर्ष १७ की रिमा डंगोल र सोही ठाउँ बस्ने बर्ष १३ को रितेश डंगोल रहेका छन् ।
घाईते हुनेहरुलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल धनकुटा ल्याईएको थियो । उनिहरुको जिल्ला अस्पताल धनकुटामा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । घाईते हुनेहरुमध्ये तिनको अवस्था भने गम्भिर रहेको प्रहरीले जनाएको छ । उनिहरुलाई थप उपचारका लागि धरान स्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा पठार्ईको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण भने खुल्न बाकी रहेको र थप अनुशन्धान भई रहको प्रहरीले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्