उत्तर कोरियासँग नेपाल ११–० ले पराजित

काठमाडौँ- नेपाल एएफसी महिला यु–२० च्याम्पियनसिप छनोटको समूह चरणबाटै बाहिरिएको छ । समूह ‘ए’ को अन्तिम खेलमा साबिक विजेता उत्तर कोरियासँग फराकिलो हार बेहोर्दै नेपाल प्रतियोगीताबाट बाहिरीएको हो ।

आज दिउँसो भुटानको राजधानी थिम्पुस्थित चामलिमिथाङ रंगशालामा सम्पन्न खेलमा नेपाल ११–० ले पराजित भएको हो ।

योसँगै उत्तर कोरिया समूहको विजेता बन्दै एसियन कपमा छनोट भएको छ। नेपालले समान खेलबाट ४ अंक मात्रै बटुल्न सक्यो। भुटानसँग १–१ को बराबरी खेलेको नेपालले साउदी अरबमाथि भने १–० को जित निकालेको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.