नेपाल टेलिभिजनको अंग्रेजी च्यानल ‘एनटिभी वर्ल्ड’ का लागि जनशक्ति माग

काठमाडौँ- सार्वजनिक सेवा प्रसारण, नेपाल टेलिभिजनको एनटिभी वर्ल्ड च्यानल संचालनका लागि जनशक्ति माग गरिएको छ ।

टेलिभिजनले शुक्रबार बेलुका नेपाल टेलिभिजनको कर्पोरेट वेभसाइटमा (ntv.org.np) मा जनशक्ति आवश्यकता सम्बन्धी सूचना राख्दै एनटिभी वर्ल्ड च्यानलका लागि अग्रेजी समाचार वाचक,सम्पादक लगायत विभिन्न १८ पदमा दर्खास्त आह्वान गरेको हो ।

टेलिभिजनले अंग्रेजी समाचार वाचक/सम्पादक/प्रस्तोता/रिपोर्टर, अंग्रेजी डिजिटल कन्टेन्टकिएटर,अंग्रेजी कार्यक्रम निर्माता/प्रस्तोता, दृश्य सम्पादक (ग्राफिक्स), क्यामरापर्सन, ध्वनि नियन्त्रक, स्वीचर, समावेशी समाचार सम्पादक/प्रस्तोता तथा साड्केतिक भाषा प्रस्तोता लगायतका पदका लागि आवेदन मागेको छ ।

कुन पदका लागि के योग्यता आवश्यक छ यहाँ क्लिक गर्नुहोस् । 

आवेदनका लागि दरखास्त फाराम नेपाल टेलिभिजनको वेवसाइट www.ntv.org.npबाट प्राप्तगर्न सकिने  प्रकाशित सूचनामा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.