राजमार्गमा परेको खाल्डा खुल्डीका कारण सवारी दुर्घटनाको जोखिम बढ्दो

ट्राफिक व्यवस्थापनमा समेत समस्या

 धादिङ – पृथ्वी राजमार्गमा परेका सडकको खाल्डा खुल्डीका कारण वर्षा याममा सवारी दुर्घटनाको जोखिम बढ्दो छ।
निर्माणाधीन अवस्थामा रहेको पृथ्वी राजमार्गको ठाउँ ठाउँका बजार क्षेत्रका सडकमा परेको खाल्डा खुल्डी  नपुर्दा यसले दुर्घटनाको जोखिम  निम्त्याएको स्थानीयको भनाई छ ।

सामान्य पानी पर्दा पानी जमी सडक हिलो हुने र घाम लाग्दा धुलोले  व्यापार व्यवसाय समेत प्रभावित बन्न पुगेको स्थानीयको बताउँछन् ।
अहिले आदमघाटदेखी गजुरी र मलेखुदेखी मुग्लीन सम्मको सडक यात्रामा  खाल्डा खुल्डीका  कारण निकै जोखिम पूर्ण बनेको छ ।
सवारीका साधनहरु दुर्घटनामा पर्ने डर त्यतिकै छ भने सडक आसपासमा बस्नेहरूलाई समेत समस्या हुने गरेको छ।

सडक निर्माण कम्पनीलाई पटक पटक नाला निर्माण र सडकको खाल्डा खुल्डी पुर्न आग्रह गर्दा समेत बेवास्ता गर्ने गरेको स्थानिय बताउँछन्। सडक निर्माण कम्पनीले काममा गरेको ढिला सुस्ती र खनेका सडक त्यतिकै छाडिदिँदा यो समस्या आएको हो ।  भित्ता काटेर छाडेको स्थानहरूमा खस्ने गरेको पहिरोले समेत पछिल्लो समय निकै दुःख दिने गरेको प्रहरीको भनाई छ । जसले गर्दा प्रहरीलाई राजमार्गमा सवारी व्यवस्थापनमा समेत थप चुनौती थपिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.