१२ वर्षपछि भैल प्याखँ नाचमा झुमे थिमीबासी

भक्तपुर- मध्यपुर थिमि नगरपालिकामा सोमबार साँझ भैल प्याखँ नाच प्रदर्शन गरिएको छ । यो नाच गाईजात्राको भोलिपल्टदेखि चारदिन प्रत्येक राति भुलाङ्खेल, दिगुटोल, लायकू, दथुटोल, बालकुमारी, चपाचोलगायतका क्षेत्रमा प्रदर्शनी हुने गर्दछ ।
यो नाच १२ वर्षपछि नगदेश, लायकु क्षेत्रमा प्रदर्शन गरिएको नगरप्रमुख सुरेन्द्र श्रेष्ठले बताउँनुभयो । भैल प्याखँ पुनर्जीवित गरिएपछि थिमीबासी हर्षित भएका छन् ।
सोमबारदेखि चार दिनसम्म चल्ने यो तान्त्रिक नाच नेवार परम्परामा आधारित सांस्कृतिक प्रस्तुति हो । यसमा देवीदेवताप्रति श्रद्धा व्यक्त गर्दै ख्वपा, पारम्परिक भेषभूषा र प्रतीकात्मक मुद्राहरूमार्फत सांस्कृतिक सम्पदा जोगाउने उद्देश्य राखिएको नगरपालिकाले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्