गोसाइँकुण्डमा २ लाख २० हजार एक सय असी रुपैँया भेटी सङ्कलन,गत वर्षको भन्दा भेटी कम

रसुवा – रसुवाको प्रसिद्ध धार्मिक स्थल गोसाइँकुण्डमा जनै पूर्णिमा मेला अवधिभर रु २ लाख बीस हजार एक सय असी रुपैंया भेटी सङ्कलन भएको छ । यही श्रावण चौबीस गते सम्पन्न जनै पूर्णिमा पर्वको विशेष मेला भर्न गोसाईंकुण्ड पुगेका भक्तजनले मन्दिरमा चढाएको भेटी पुजारी मार्फत सङ्कलन भएको हो ।

सङ्कलित भेटी रकम गणना सम्पन्न भएको र रकम बैङ्क खातामा जम्मा गर्न पठाएको छ । नाग पञ्चमी देखि श्रावण चौबीस गते जनै पूर्णिमा पर्वसम्मको अवधिमा करिब दश हजारभन्दा भक्तजनले गोसाइँकुण्डमा स्नान गरेको गोसाईंकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।

प्राप्त रकम महादेवको नाममा खोलिएको बैङ्क खातामा जम्मा गरी कार्य समितिको निर्णय बमोजिम गोसाईंकुण्ड क्षेत्रको संरक्षण कार्यमा खर्च हुने बताइएको छ ।

त्यसै गरी गोसाईंकुण्ड जाने यात्रुबाट लाङटाङ राष्ट्रिय निकुञ्जले प्रति ब्यक्ती प्रवेश शुल्क बापत १०० रुपैँया लिँदा यस वर्ष सात हजार आठ सय सतसट्ठी जनाको सात लाख छयासी हजार सात सय रुपैँया सङ्कलन गरिएको लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ । समितिले मन्दिरको आय हरेक वर्ष सार्वजनिक गर्दै आएको छ । गत वर्ष २ लाख ५७ हजार भेटी सङ्कलन भएकोमा यस वर्ष केही कम रकम सङ्कलन भएको गोसाईंकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डीएमले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.