चार दिनपछि खुल्यो कालीगण्डकी करिडोर

बागलुङ- चट्टानसहितको ठूलो पहिरो खसेपछि अवरुद्ध बनेको कालीगण्डकी करिडोरको बागलुङ खण्ड चार दिनपछि सञ्चालानमा आएको छ । बागलुङ नगरपालिका१३ कालाखोला बगरमा शनिबार अबिरल वर्षाका कारण पहिरो खस्दा करिडोर अवरुद्ध भएको थियो ।

सडक करिडोर आयोजना तथा निर्माण व्यवसायीको अवरुद्ध सडकमा यातायात सञ्चालन सुरु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिनुभयो ।

पहिरो खुलाउनका लागि आइतबारबाटै थालेपनि ठूलो पहिरो भएकाले मङ्गलबार दिउँसोबाट सवारीसाधन चल्नेगरी सडक सञ्चालनमा ल्याइएको बताउनुभयो ।

ठूला मालबाहक सवारी सञ्चालनका लागि थप चट्टान काट्ने काम समेत भइरहेको उहाँले बताउनुभयो । पहिरोका कारण ४० मिटर सडकको ट्रयाक नै परिवर्तन गरेर सडक सञ्चालनमा ल्याइएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.