जलाधार र प्रकृति संरक्षण गर्न रिचार्ज पोखरी

स्याङ्जा – नेपाल पानी सदुपयोग फाउन्डेसनको असल अभ्यास प्रदर्शन कार्यक्रम अन्तर्गत,  स्याङ्जाको गल्याङ नगरपालिका ७ मनहरिखर्क ‘रिचार्ज पोखरी’ निर्माण गरेको छ । यस पोखरीमार्फत बर्सातको पानी सङ्कलन गरी भूमिगत जल पुनर्भरण गरिन्छ । “यसले स्थानीय खेतीपाती, घरायसी प्रयोग गर्नका लागी निकै प्रभावकारी बन्ने देखिन्छ ।

“यस्तो संरचना बनाउँदा बर्सातको पानी खेर जानुको सट्टा भूमिगत जल स्तर बढाउन प्रयोग हुन्छ, जसले गर्दा सुक्न थालिसकेका पुराना मूल, पँधेरा र कुवामा पुनः पानी आउने भएकाले फाउन्डेसनले विगत एक वर्षको अवधिमा पुनर्भरण प्रविधि, जनचेतनामूलक कार्यक्रम र प्रारम्भिक अध्ययनका माध्यमबाट काम गर्दै आएको नेपाल पानी सदुपयोग फाउन्डेसनका अध्यक्ष ङमीन्द्र दाहालले बताउनुभयो ।
बाउ बाजेका पालामा गाउँका मूलहरू प्रयोग र संरक्षण हुन्थे  जसले गर्दा गाउँबाट तल्लो भेगको बजारमा पानी आउने गर्दथ्यो । तर अहिले त्यस्ता मूलहरू प्रयोग विहीन बन्दै जाँदा लिफ्टिङ गरेर पानी गाउँतिर लानुपर्ने बाध्यता सिर्जना भएको हो ।

पानी संरक्षणको यो अभ्यासलाई दीर्घकालीन बनाउन स्थानीय सरकार, सरोकारवाला निकाय र समुदायबिच सहकार्य आवश्यक रहेको भन्दै नेपाल पानी सदुपयोग फाउन्डेसनले गल्याङ वडा नं १,३ र ७ मा प्रारम्भिक अध्ययन तथा अभ्यास सुरु गरेको हो ।
गल्याङमा  सञ्चालन भएको पानी स्रोत संरक्षण अभियानले समुदायको पहल र संस्थागत समन्वयको उदाहरण प्रस्तुत गरेको छ । विशेष गरी रिचार्ज पोखरीहरूको निर्माण, व्यापक जनचेतना कार्यक्रम, र स्थानीय तहमा अभ्यास प्रदर्शनले दीर्घकालीन रूपमा जलाधार र प्रकृति संरक्षणमा योगदान पुर्‍याएको छ । यस किसिमको कार्यक्रमलाई सबै स्थानीय तहमा सञ्चालन गर्न सके सुक्खा समयमा पनि पानीको समस्या नहुने देखिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.