बढीका कारण केरुङमा अड्किएका एक सय उनन्सत्तरी जना नेपाली फर्किँदै

रसुवा – बाढीका कारण केरुङमा रोकिएका थप एक सय उनन्सत्तरी जना नेपालीहरू आज दोस्रो चरण अन्तर्गत नेपाल फर्किँदै छन् । जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार उनीहरू केरुङ बाट आज बिहान तातोपानी नाका तर्फ लागि सकेको बताइएको छ । तातोपानी नाकाबाट नेपाल आउने नेपालीहरूका लागि भने सिन्धुपाल्चोकको स्थानीय प्रशासन तथा पालिकाले काठमाडौँ सम्मको यातायातको व्यवस्था मिलाइएको छ भने चीन तर्फ चिनियाँ सरकारले गरेको छ ।

गत असार २४ गते लेन्देखोलामा आएको बाढीले रसुवागढी नाकाको मितेरी पुल बगाए पछि उनीहरू केरुङमा अड्किएका थिए । बाढीका कारण चीन तर्फ फसेका अन्य नागरिकलाई समेत प्राथमिकता आधारमा उद्धार गरी नेपाल ल्याउने व्यवस्था गरिने प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताउनुभयो ।
यस अघि केरुङ मा गम्भीर बिरामी परेका एक जना नेपाली तथा उनको सहयोगीलाई नेपाल ल्याइएको थियो भने श्रावण सात गते नेपाल सरकार गृह मन्त्रालय,परराष्ट्र मन्त्रालय,ल्हासा स्थित महावाणिज्यदूत ,दुबईतर्फका स्थानीय प्रशासन र अन्य सरोकारवाला निकायको संयुक्त पहलमा तातोपानी नाका बाट दुई सय तीन जना नेपाली नेपाल फर्किएका थिए । रसुवागढी नाकामा पुल सञ्चालनमा नआएका कारण उनीहरूलाई चीन सरकारले सिन्धुपाल्चोक स्थित तातोपानी नाकाबाट नेपाल फर्काएको हो ।






प्रतिक्रिया राख्नुहोस्