झुम्का कारागारबाट जबरजस्ती करणीका कैदी फरार

 सुनसरी — सुनसरीको झुम्का कारागारबाट जबरजस्ती करणी मुद्दामा सजाय काटिरहेका एक कैदी फरार भएका छन्। खोटाङको दिप्रुङ चुईचुम्पा गाउँपालिका–२ बस्ने २८ वर्षीय रूपक पौडेल खत्री बुधबार बिहान कारागारको १६ फिट उचाइको पर्खाल नाघी भागेको प्रहरीले पुष्टि गरेको छ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी ईश्वर कार्कीका अनुसार खत्रीले कारागारको बी ब्लकमा रहेको मुढा उद्योग छेउबाट बासको सहारामा पर्खाल नाघेर भागेका हुन्।

कारागारको बाहिरी सुरक्षा सशस्त्र प्रहरीको जिम्मामा रहेको छ। उक्त सुरक्षा टोलीका डिएसपी राजेश श्रेष्ठलाई छानबिनका लागि तानिएको सशस्त्र प्रहरी बल नं.१ बराह बाहिनी पकलीका डिआइजी कुमार न्यौपानेले जानकारी दिनुभयो।

प्रहरी स्रोतका अनुसार खत्रीले रात्रि सुरक्षा ड्युटीमा खटिँदा नजिकैका बासका सामग्री प्रयोग गरी भाग्ने योजना सफल पारेका हुन्।

घटनाबारे छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठको संयोजकत्वमा समिति गठन भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जानकारी दिएका छन्। छानबिन समितिले तयार पारेको रिपोर्टको आधारमा थप जानकारी दिइने मिश्रले बताउनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.