वर्षा सँगै बाढी जोखिममा सेतिबेणी

स्याङ्जा – हरेक वर्ष मनसुन लागेसँगै स्याङ्जा, गुल्मी र पर्वत तीन जिल्लाको सङ्गम स्थल सेदिबेणीका स्थानीयहरू उच्च जोखिमका कारण चिन्तित हुने गर्दछन् । वर्षा सुरु भएसँगै त्रासले दिनरात उनीहरूमा कतिखेर बाढीले लाने पो हो की भन्ने पिडामा बस्न बाध्य छन् । प्रत्येक वर्ष स्याङ्जाको पिडिखोला र पर्वतको हुवास खोलाले धार परिवर्तन गर्दा हरेक वर्ष गल्याङ नगरपालिका ५ सेतिबेणीका करिब २७ घरमा क्षेती हुँदै आएको हो ।
गण्डकी प्रदेश सरकारले बस्ती जोगाउन पर्वत तर्फ एक करोड र स्याङ्जा तर्फ २० लाख बजेट विनियोजन गरेर गरिएको तटबन्धले केही मात्रामा सुरक्षित भएपनी जोखिम भने उस्तै रहेको स्थानीय दीपक भण्डारीले बताउनुभयो ।
बाढी पहिराबाट हुने समस्या समाधानको लागी जिल्ला प्रशासन कार्यालय स्याङ्जा, जिल्ला प्रहरी तथा सशस्त्र प्रहरीले समस्या समाधान तथा बिपद् न्यूनीकरणका लागी सेदिबेणीको स्थलगत अवलोकन गरेका छन् । कालिगण्डकीमा आएको बाढीले धार्मिक महत्त्व रहेको एसियाकै ठुलो शिला शालिग्राम डुबानका कारण दैनिक पुुजाआजा गर्न समेत बन्द हुने गर्दछ ।






प्रतिक्रिया राख्नुहोस्