खोलाले बगाउँदा बालक बेपत्ता खोजी कार्य जारी

रसुवा –   रसुवाको नौ कुण्ड गाउँपालिका वडा नम्बर पाँच र छ नम्बरको सिमानामा पर्ने माङसे खोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन् ।

नौ कुण्ड गाउँपालिका पाँच स्थित बागेश्वरी माध्यमिक विद्यालय भोर्लेमा कक्षा एक मा अध्ययनरत छ बर्सिया सुनिल लोप्चनलाई माङसे खोलाले बगाएर बेपत्ता पारेको हो ।

बुधवार साँझ विद्यालयको छुट्टीपछि मिङमार लोप्चनका छोरा सुनिल लोप्चन आमासँगै घर फर्कने क्रममा आकस्मिक रूपमा बढेको खोलाको पानीले बगाएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक हेम बहादुर शाहीले जानकारी दिनुभयो । लोप्चनको हाल सम्म अवस्था अज्ञात रहेकोले अहिले स्थानीय बासिन्दा र सुरक्षाकर्मीको सहयोगमा खोजी कार्य जारी रहेको शाहीले जनाकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.