चर्चब्वाइज क्लब ललितपुर ताप्लेजुङ गोल्ड कपको फाइनलमा

ताप्लेजुङ  – कठिन परिस्थितिमा उत्कृष्ट पुनरागमन गर्दै ललितपुरको चर्चब्वाइज क्लब ताप्लेजुङ गोल्ड कप २०८२ को फाइनलमा प्रवेश गर्न सफल भएको छ ।

बुधवार  सम्पन्न दोस्रो सेमिफाइनलमा चर्चब्वाइजले द योङ ब्रदर्स क्लब, इटहरीलाई पेनाल्टी सुट आउटमा ३–१ ले पराजित गर्दै फाइनल यात्रा सुनिश्चित गर्‍यो ।

खेल निर्धारित समयमा १–१ को बराबरीमा सकिएपछि निर्णय ट्राई बेकरबाट गरिएको हो । खेलको ७७ औँ मिनेटमा चर्चब्वाइजका डिफेन्डरको खुट्टामा लागेर आत्मघाती गोल भएपछि इटहरीले अग्रता लिएको थियो । तर, दबाबमा रहेका चर्चब्वाइजका सुमन श्रेष्ठले इन्जुरी समयमा ९३औँ मिनेट बराबरी गोल फर्काउँदै खेललाई पेनाल्टीमा पुर्‍याएका थिए ।

पेनाल्टी सुट आउटमा चर्चब्वाइजका सुमन श्रेष्ठ, रोशन पहाडी र युवराज ढकालले गोल गर्न सफल भए । नवयुवक श्रेष्ठको प्रहार पोलमा लागेर बाहिरिएको थियो । इटहरीका तर्फबाट भने केवल निरोज खड्काले मात्र गोल गर्न सके, जबकि विशाल तामाङ र नीरज फुयाँलको प्रहार चर्चब्वाइजका गोलकिपर विश्वास चौधरीले जोगाए भने युगन राईको प्रहार पोलमा ठोकिएर बाहिरियो ।

एक खेल समयमा र एक पेनाल्टीमा गरी दुई गोल गरेका गरेका चर्चब्वाइजका सुमन श्रेष्ठ आजको खेलमा म्यान अफ दी म्याच घोषित भए र नगद ७ हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिता अन्तर्गत अब भोलि सलहेस युवा क्लब, सिरहा र रेड स्टार फुटबल क्लब, झापा बिच दोस्रो सेमिफाइनल खेल हुनेछ । सिरहा, फिदिमलाई हराउँदै आएको हो भने झापाले पोखराको सहारा क्लबलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।

ताप्लेजुङ गोल्ड कपको फाइनल खेल साउन ३१ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद ७ लाख २ हजार ८२ रुपैयाँ तथा उपविजेताले ३ लाख ५० हजार २ सय बयासी रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.