खाली हुँदै गाउँ , गाउँ बस्ती

धादिङ – जिल्लाको धेरै गाउँ बस्तीहरू बिस्तारै खाली हुँदै जान थालेको छ ।

गाउँबाट मानिसहरू सुविधालगायत विभिन्न अवसरको खोजीमा गाउँ छाड्ने क्रम बढेसँगै अहिले धादिङको ज्वालामुखी गाउँपालिकाको ढोला, पुर्सुकलगाएत जिल्लाको दर्जनौँ गाउँहरू खाली हुँदै गएको छ ।

खाली भएका घरहरू खण्डहर बनेको छ भने कोही गाउँका बस्तीहरू नै झाडीमा परिणत भएको छ ।

ज्वालामुखी गाउँपालिकाबाट मात्रै यस वर्ष एक सय सन्तानब्बे घर परिवारले अन्यत्र बसाई सरेको तथ्याङ्क स्थानीय तह संग छ।

सो पालीकामा जम्मा एक घर अन्यत्रबाट बसाइ सरि आएका छन् । हरेक वर्ष यो अनुपात बढ्दै गएको ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनैको भनाई छ ।

उहाँका अनुसार जलाशय युक्त बुढी गण्डकी जलविद्युत आयोजना प्रभावित क्षेत्रका मुआब्जा पाएका अघिकाम्स घर परिवारले गाउँ छाडेका छन्। ।

अन्यत्र बसाई सरि जाने ज्वालामुखी गाउँपालिका मानिसहरू प्रतिनिधिपात्र मात्रै हुन् जिल्ला सबै पालिकाहरूबाट बार्षीक दुई सयदेखी दुई सय पचास घर परिवारले गाउँ छाड्ने गरेका छन् ।  कतिपय स्थानीय तहहरूमा भने आर्थिक आम्दानीको बाटो नभए पछि गाउँ छाड्ने मानिसहरूको सङ्ख्या धादिङमा बढ्दो रहेको छ ।

गाउँका सबै जनाले घर छाड्दै हिँडे पछि टोल नै खाली हुँदै गएको बताउँदै अब खेती पातीका लागी  पर्म देखी सबै कुराको समस्या हुन थालेको स्थानीयवासीको भनाई छ ।

धादिङको ज्वालामुखी गाउँपालिका स्थित ढोला का स्थानीय भन्नु हुन्छ टोल टोल नै खाली हुँदै गई सक्यो सबै बसाई सरेर बजार केन्द्रित भए गाउँमा पहिले मिलेर बसेको छरछिमेकि अब कोही छैन । उमेर पुगेको सबै युवाहरू उच्च शिक्षा अध्ययनको बहानामा  त कोही अवसरको खोजीका लागी विभिन्न मुलुकमा जाने क्रम तीव्र भएकोले पनि यस्तो समस्या आएको हो ।

आफ्नो टोलमा भएका सबै घर खाली भयो पहिले हराभरा भएको गाउँ खण्डहर जस्तै भयो स्थानीयवासी बताउनु हुन्छ । यस्तै अवस्था हुने हो भने सुविधायुक्त शहरमा मानिसहरूको जनघनत्व निकै बढ्ने र गाँउहरु सबै जसो खाली हुने समस्या नआउला भन्न सकिन्न ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.